के लसुन खाँदा साँच्चै नष्ट हुन्छ कोरोनाभाइरस ? यस्तो भन्छ विज्ञान


काठमाडौँः कोरोना भाइरस १ सय ९५ देशमा पुगिसकेको छ । अहिलेसम्म यसको कुनै उपचार विधि पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कुनै बेकारका छन, कति हानी रहित छन् त कति त खतरनाकसमेत छन् । बीबीसीले अनलाइनमा सार्वजनिक भएका त्यस्ता थुप्रै दाबीमाथि अनुसन्धान गरेर विज्ञानले के भन्छ, त्यसको खोजी गरेको छ ।
१. लसुनः
फेसबुकमा धेरै मानिसहरुले लसुन खाए संक्रमणबाट बच्न सकिन्छ भनेर दाबीसहितको पोष्ट सेयर गरिरहेको देख्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार लसुन स्वस्थकर हो र यसमा एन्टिब्याक्टेरियल तत्व त हुन्छ तर लसुन खाँदा नयाँ कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर कुनै तथ्य फेला परेको छैन । यद्यपि, यस्ता स्वास्थ्य सल्लाहले थुपै्र अवस्थामा हानी त गर्दैन तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । साउथ चाइना मर्निङ पोष्टले बताए अनुसार एक महिलाले साढे एक किलो काँचो लसुन खाँदा अत्यधिक घाँटी सुन्निएको थियो जसका कारण उनलाई अस्पताल नै पु¥याउनु परेको थियो । हामी सबैलाई थाहा छ, फलफूल र सागसब्जी खानु, पर्याप्त मात्रामा पानी पिउनु स्वस्थ रहने एउटा उपाय हो । तर कुनै निश्चित खानाले यो भाइरससँग लड्न सहयोग गर्छ भन्ने कुरा गलत हो ।
२. मिनरल्स विभिन्न प्लेटफर्ममा युट्युबर जोर्डन स्याथरका हज्जरौं फलोअर्स छन् । उनले एमएमएस भनिने ‘मि–याकल मिनरल सप्लिमेन्ट’ ले कोरोनालाई नष्ट गर्न सक्छ भनेर दाबी गरिरहेका छन् । यसमा ब्लिच गर्ने तत्व, क्लोरिन डायोअक्साईड छ । ध्यगमि थयग यियप बत तजबत. ल्यत यलथि ष्क अजयिचष्लभ मष्यहष्मभ (बपब “ःःक्”) बल भााभअतष्खभ अबलअभच अभिि पष्ििभच, ष्त अबल धष्उभ यगत अयचयलबखष्चगक तयय.
ल्य धयलमभच थ्यगत्गदभ जबक दभभल अभलकयचष्लन दबकष्अबििथ भखभचथ कष्लनभि खष्मभय धजभचभ क्ष् मष्कअगकक ष्त यखभच तजभ बिकत थभबच.
द्यष्न एजबचmब धबलतक थयग ष्नलयचबलत.जततउकस्ररत.अयरठअक्रथग्हअह्थ्
—व्यचमबल क्बतजभच (२व्यचमबल)क्बतजभच)) व्बलगबचथ द्दघ, द्दण्द्दण्
स्याथरलगायत अन्यले यसबारे कोरोना भाइरस देखिनु अगावै जानकारी दिएका थिए । जनवरीमा उनले ट्वीट गरेका थिए, ‘यो एमएमएस नामको क्लोरिन डायोअक्साइड मात्रै होइन, यो क्यान्सरको कोसिका नष्ट गर्ने प्रभावकारी तत्व हो, यसले कोरोना भाइरससमेत नष्ट गर्छ ।’ गत वर्ष अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले एमएमएस पिउँदा स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी दिएको थियो । अन्य देशका स्वास्थ्यकर्मीले पनि यसको हानीबारे जानकारी दिएका थिए । एफडीएले भन्छ, ‘यस्ता तत्वहरु कुनै रोगको उपचारका लागि सुरक्षित र प्रभावकारी छन् भनेर कुनै अनुसन्धानले पुष्टि गरेको छैन ।’ एफडीएले यस्ता तत्वको सेवन गर्दा रिँगटा लाग्ने, झाडा–बान्ता हुने र गम्भीर निर्जलीकरणको लक्षण देखा पर्ने चेतावनी दिएको छ ।
३. घरमा बनाइएका ह्यान्ड स्यानिटाइजरः
कोरोना भाइरसको संक्रमण रोक्न सकेसम्म धेरैभन्दा धेरै हात धुन र हात धुन नसक्ने अवस्थामा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्न सुझाएपछि एकाएक ह्यान्ड स्यानिटाइजरको हाहाकार हुन थाल्यो । नेपालमा मात्रै नभई विश्वव्यापी रुपमा । तसर्थ, सोसल मिडियामा थुप्रैले ह्यान्ड स्यानिटाइजर घरमै बनाउन विभिन्न विधि सिकाए । तर सोसल मिडियामा सिकाइएका यस्ता विधि हाम्रो छालाका लागि उपयुक्त नभई सतहको सरसफाई गर्दा चाहिँ प्रयोग गर्दा राम्रो हुने बताइएको छ । ६०–७० प्रतिशत ‘अल्कोहल’ मिसाइएका ह्यान्ड स्यानिटाइजरमा इमोलियन्ट्स भन्ने तत्व हुन्छ जसले छालालाई नरम बनाउने गर्छ । लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मिडिसिनकी प्राध्यापक स्याली ब्लूमफिल्डले घरमा नै प्रभावकारी ह्यान्ड स्यानिटाइजर बनाउन सकिने कुरामा संदेह व्यक्त गर्छिन् किनभने भोड्कामा पनि ४० प्रतिशत मात्रै ‘अल्कोहल’ हुन्छ ।
४. प्रत्येक १५ मिनेटको फरकमा पानी पिइराख्नेः जापानी डाक्टरलाई उद्धृत गर्दै लेखिएको एउटा वाक्य निकै सेयर गरिएको छ जसमा भनिएको छ, ‘मुखभित्र पसेका कुनै पनि भाइरसलाई बाहिर निकाल्नका लागि प्रत्येक १५ मिनेटको फरकमा पानी पिउनुपर्छ ।’ यसको अरेबिक भर्सनलाई करिब २ लाख ५० हजार पटक सेयर गरिएको छ । युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक ट्रुडी लाङ्गले मुखभित्र भएको भाइरसलाई पेटसम्म पुर्याएर मार्न सक्ने त्यस्तो कुनै जैविक संयन्त्र नभएको बताएका छन् । कोरोना भाइरसको संक्रमण तपाईंले सास फेर्दा श्वासप्रणालीमार्फत् शरीरभित्र प्रवेश गर्छ । केही तपाईंको मुखभित्र पनि जान सक्छन् तर तारन्तार पानी पिउँदा भाइरसको संक्रमणबाट भने जोगिन सकिन्नँ । यद्यपि, लगातार पानी पिउनु राम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ ।. तातो भएर बस्नु र आइक्रिस नखानुः तातोले भाइरस मार्छ भनेर धेरैले भन्ने गरेका छन् । कतिले यसका लागि तातो पानी पिउन, तातो पानीले नुहाउन र हेयर ड्रायरको प्रयोग गर्न भनिरहेका छन् । युनिसेफको नाम प्रयोग गरेर एउटा पोष्ट लेखिएको छ जसमा तातो पानी र घामको सम्पर्कमा आउँदा भाइरस मर्ने दाबी गरिएको छ । यसमा आइक्रिस खानबाट बच्नुपर्ने सल्लाह पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार